सरकार

मन्त्रिपरिषद् बैठक

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन

काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकियो

इकागज |
साउन २३, २०८१ बुधबार १८:२५ बजे

काठमाडौँ- सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


समितिमा आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेका छन् । आयोगलाई काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको प्रवक्ता गुरुङले बताए ।

दुर्घटनामा चिनियाँ नागरिकको निधन भएकोमा बैठकले दुःख व्यक्त गर्दै मृतकका परिवार र चीन सरकारप्रति समवेदना व्यक्त गरेको उनले बताए ।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ । 


Author

थप समाचार
x