सरकार

सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न कर्मचारीहरूलाई अर्थमन्त्री पौडेलको निर्देशन (भिडियो)

इकागज |
साउन ३०, २०८१ बुधबार १२:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिमको समापन समारोहलाई पौडेलले सवै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।


उनले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले बिशेष ध्यान दिनुपर्ने धारणा राखे । पौडेलले आफुलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणीत गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिए ।

निजामति कर्मचारीहरूले काम गर्दा कानूनसंग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उनले बताए ।

पौडलले सरुवा बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुन पनि निर्देशन दिए ।


Author

थप समाचार
x