सरकार

जनतालाई राहत दिन सरकार अघि बढेको छ : उपप्रधानमन्त्री सिंह

इकागज |
भदौ १, २०८१ शनिबार १२:१९ बजे

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । आज काठमाडौँ क्षेत्र नं १ मा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएको भन्दै क्षेत्र नं १ का सब‌ै मतदातालाई धन्यवाद ज्ञापन गरे ।


'झण्डा फरफराएर आनन्द लिनका  लागि राजनीतिमा लागेको होइन । देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएका हौँ ' उपप्रधानमन्त्री सिंहले भने, 'आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हो । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको छ ।' उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए ।

उपप्रधानमन्त्री सिंहले काठमाडौँको क्षेत्र नम्बर १ को विकास निर्माणका काममा प्रभावकारीताका साथ अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।


Author

थप समाचार
x