सरकार

भाद्र मसान्तसम्म सञ्‍चारसम्बन्धी महत्वपूर्ण विधेयकहरू अघि बढ्छ - मन्त्री गुरुङ

इकागज |
भदौ १७, २०८१ सोमबार १५:४९ बजे

फाइल फाेटाे

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरू अघि बढ्ने बताएका छन् । 

सोमबार राष्ट्रिय समाचार समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्रीसँग भएको १०० दिनको कार्यसम्पादन सम्झौता अनुसार भाद्र मसान्तसम्म सञ्चारसम्बन्धी महत्वपूर्ण विधेयकहरु अघि बढ्ने बताएका हुन् ।


उनले सामाजिक सञ्जालको संचालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक र सूचना प्रविधि र साइबर सुरक्षा सम्बन्धी विधेयक मन्त्रिपरिषद्‌मा भाद्र मसान्तसम्म पेश गर्ने जिकिर गरे । त्यस्तै दुरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्र विधेयकलाई संशोधन गर्नुपर्ने र डाटा सेन्टरलाई सञ्चालनका लागि मापदण्ड तयार गरिने उनले जानकारी दिए । 

त्यस्तै सरकारी इमेल सञ्चालन सम्बन्धी कार्यविधि तयार गरि छलफलका लागि सार्वजनिक गरिने उनले बताए ।  मन्त्री गुरुङले एआई सम्बन्धी नीति असोज मसान्तसम्म तयार गर्ने, सुरक्षण मुद्रणसम्बन्धी नियमावली मन्त्रिपरिषद्‍बाट पारित गराउने काम पनि दशै अघि नै सम्पन्न हुने उल्लेख गरे । 

ब्रोडब्याण्ड नीति २०८१ को मस्यौदा तयार गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सेवा असोज मसान्तभित्रै थप ३० निकायमा पुराइने उनको भनाइ छ । 

उनले सय दिनको काम अन्तर्गत राससले २४ घण्टा सेवा सुचारु गर्ने र फाइबर टु द होम सबै जिल्लामा पुराउने काम सम्पन्न गरिसकेको बताए । 


Author

थप समाचार
x