सरकार

सैनिक एकल महिला, घाइते परिवार सङ्घको प्रधानमन्त्रीलाई आग्रह

इकागज |
भदौ २०, २०८१ बिहीबार १९:४७ बजे

काठमाडौँ- सैनिक एकल महिला, घाइते परिवार सङ्घले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन जारी भएकामा स्वागत गरेको छ ।

 प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा सङ्घका अध्यक्ष शोभा बिसीसहितले आफूहरुले न्याय पाउने आशा व्यक्त गर्नुभयो । नेपाली सेनामा कार्यरत सुरेन्द्र विसीको सशस्त्र द्वन्द्वको समयमा अर्घाखाँचीको सन्धिखर्कमा २०५९ भदौ २३ गते तीजको दर खाने दिन हत्या गरिएको थियो ।


उक्त दिनको सम्झाना गर्दै सङ्घका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीलाई भेटेर द्वन्द्वकालीन मुद्दालाई निष्पक्ष र न्यायपूर्ण ढङ्गले पीडित मैत्रीपूर्ण ढङ्गबाट कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् । -रासस

 


Author

थप समाचार
x