सरकार

गृह सचिवमा गोकर्णमणि दुवाडी

इकागज |
भदौ २१, २०८१ शुक्रबार १८:५९ बजे

काठमाडौँ- सरकारले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गरेको हो । तर शुक्रबार सूचना तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद्को यो निर्णय भने सार्वजनिक गरेनन् । 

तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि रिक्त बनेको सो पदमा जान करिब एक दर्जन सचिवहरू आकांक्षी थिए । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको तथ्यांक कार्यालयका सचिव दुवाडीलाई गृह सचिव बनाएको हो ।  उनीसँग निर्वाचन आयोगको सचिवसहित विभिन्न मन्त्रालयमा काम गरेको अनुभव छ ।



Author

थप समाचार
x