सरकार

प्रधानमन्त्री ओली भेट्न देउवा र प्रचण्ड बालुवाटार पुगे

इकागज |
भदौ २७, २०८१ बिहीबार ११:५४ बजे

सांकेतिक तस्विर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बिहीबार बिहान  देउवा र प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ ।


यस्तै, सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् ।

संवैधानिक परिषद्को बैठकसम्बन्धी परामर्श र समसामयिक राजनीतिक विषयमा नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x