सरकार

मन्त्री सिंह र विश्व बैंकका उच्च अधिकारीबीच के-के भयो कुराकानी ?

इकागज |
भदौ ३१, २०८१ सोमबार १३:१६ बजे

काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरूबीच भेटवार्ता भएको छ ।

शहरी विकास मन्त्रालयमा सोमबार विहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालिन नेपाल शहरी शासकिय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो । 


भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको भन्दै सहकार्यका लागि आग्रह गरेका थिए ।

‘विश्व बैंकले काठमाडौं उपत्यकामा पनि यसपटक कुनै आयोजनामा काम गरोस् । उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ ,’ उपप्रधानमन्त्री सिंहले भने । काठमाडौँ उपत्यकाका नदिनाला व्यवस्थित गर्ने, साँस्कृतिक शहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका लागि मन्त्री सिंहले जोड दिनुभयो । 

सो क्रममा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ प्रोजेक्टमा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताए ।


Author

थप समाचार
x