सरकार

मन्त्री पाण्डेले भनेः हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्द ऐनहरू संशोधन हुने

इकागज |
असोज १, २०८१ मंगलबार १५:५४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताएका छन् । नेपाल पर्वतारोहण संघको ३४ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशनबाट विभिन्‍न ऐनहरूलाई अघि बढाउने बताएका हुन् ।

पर्यटन, संस्कृति,हवाई उड्डयन, लगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेको उनले जानकारी दिए । त्यस्तै उनले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा परिमार्जनका लागि सुझाव दिन आग्रह गरे । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको अवस्थामा तत्परताका साथ लाग्ने धारणा राखे ।


मन्त्री पाण्डेले मुलुकको दुई पार्टीको सिण्डीकेट नभइ मुलुक बनाउनका लागि सबै दलहरुलाई जोड्दै अघि बढ्न चाहेको उल्लेख गरे । उनले अहिलेको सरकार ८४ सम्म चल्ने र मुलुकको समृद्धि र विकासका लागि काम गर्ने बताए । 


Author

थप समाचार
x