सरकार

‘किसानको जीवनमा सकारात्मक परिवर्तन आवश्यक’

इकागज |
असोज १, २०८१ मंगलबार १६:२२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् ।

बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्य पूरा हुन नसक्ने बताए ।


आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको उल्लेख गर्दै उनले कृषि उपजको उत्पादनसँगै बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना रहेको बताए ।

तरकारीमा विषादीको प्रयोग बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको उल्लेख गरे ।

विषादी न्यूनीकरण गर्न मन्त्री अधिकारीले किसानलाई आग्रह पनि गर् । किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्न बल्खुको जस्तो कृषि बजारको आवश्यकता रहेको मन्त्री अधिकारीको भनाइ छ ।-रासस

 


Author

थप समाचार
x