सरकार

विधानलाई गतिशील बनाउनका लागि संविधान संशोधन आवश्यक: मन्त्री पाण्डे

इकागज |
असोज २, २०८१ बुधबार १८:१२ बजे

फाइल फाेटाे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संविधान संशोधन गर्नका लागि सबै दललाई सहमतिमा ल्याउनुपर्ने बताएका छन् । 

नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले संविधानलाई गतिशील बनाउनका लागि संशोधन आवश्यक रहेको भन्दै यसका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताए । 


मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केवल सत्ता मात्रै नभएको प्रस्ट पारे । राष्ट्रको हितका पक्षमा एमाले र कांग्रेसमात्रै नभइ अन्य दलहरूसमेत एक ठाँउ आउनुपर्ने उनले बताए । 

मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक,समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम गरेको जिकिर गरे । ​

उनले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगेर्ना गर्नु पर्नेमा समेत जोड दिए । 


Author

थप समाचार
x