सरकार

अर्थमन्त्री पौडेल किन चीन जादै छन् ?

इकागज |
असोज ७, २०८१ सोमबार १९:३५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन जाने भएका छन् । सोमबार राती प्रस्थान चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन जान लागेका हुन् ।

अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कने छन् ।



Author

थप समाचार
x