सरकार

ओली भन्‍छन्, शक्ति पृथकीकरणको धज्जी उडाउने काम भयो

इकागज |
असार १४, २०७८ सोमबार १४:४३ बजे

फाइल तस्‍बिर

काठमाडौं : प्रधानामन्त्री केपी शर्मा ओलीले अनावश्यक संस्थाहरूलाई राजनीतिमा तान्न खोजिएको बताएका छन् । ७० औं मदन जयन्तीका अवसरमा अदालतलाई समेत राजनीतिमा तानेर शक्ति पृथकीकरणको धज्जी उडाउने काम भएको बताए ।

‘लोकतान्त्रिक अभ्यासमा नजाने, संसदलाई पंगु बनाउने ?’ उनले प्रश्न गरे, ‘जनतामा जान नदिने, जनतामा जानु अलोकतान्त्रिक भयो भन्ने । अदालतमा मलाई प्रधानमन्त्री बनाइ पाऊ भन्ने ? लोकतन्त्रिक विधिबाट हो र ? अदालतबाट मुद्दा लडेर सरकारले ल्याउने, अदालतबाट प्रम छानिने कतै सुन्नु भएको छ ? नेपालमा त्यो अभ्यास गर्न खोजिएको छ । अनावश्यक संस्थाहरूलाई राजनीतिमा संलग्न गराउने र शक्ति पृथकीकरणको व्यवहारतः धज्जी उडाउने कति उपयुक्त हुन्छ ? अदालतलाई दबाब दिन आन्दोलन गर्ने ?’



Author

थप समाचार
x