सरकार

परराष्ट्रमन्त्री राणा र राष्टसंघका उपमहासचिवबीच भेट

इकागज |
असोज १०, २०८१ बिहीबार ८:२४ बजे

अमेरिका- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गरेकी छन् । 

त्यस अवसरमा परराष्ट्रमन्त्रीले लामो समयदेखि नेपालले शान्ति  मिशन सहभागी भएर  योगदान गरेको बताउँदै मिशनको उच्च ओहोदामा नेपाललाई अवसर दिनुपर्नेमा जोड दिएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । 


नेपालले संयुक्त राष्ट्रसंघको आव्हानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा सैनिक परिचालनका हिसाबले सक्दो योगदान गरेकाले उच्च पदमा नेपाली सैन्य अधिकृत नियुक्त हुन वाञ्छनीय भएको परराष्ट्रमन्त्रीले बताइन् ।

परराष्ट्रमन्त्रीले बुधबार नै राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेट गरिन् । उक्त भेटमा दिगो विकासका लक्ष्य,जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालगायत साझा चासोका विषयमा छलफल भएको थियो । नेपालले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय समूहको अध्यक्षका नाताले अतिकम विकसित देशहरूको सामूहिक हितका खातिर एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएको उक्त नियोगले जनाएको छ । 

यसैबीच, परराष्ट्रमन्त्री देउवा र सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकले दुई देशका कूटनीतिक तथा सरकारी राहदानी वाहकहरूलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।


Author

थप समाचार
x