सरकार

जारी परीक्षा स्थगित गर्ने सरकारको निर्णय

इकागज |
असोज १२, २०८१ शनिबार १७:३३ बजे

काठमाडौँ - सरकारले वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो ।


सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।

त्यस्तै बैठकले हाल अवरुद्ध रहेका सडक तत्काल खुलाउन भौतिक योजना मन्त्रालयले तत्काल पहल गर्ने निर्णय गरेको छ । साथै राहत र उद्धारको लागि सम्बन्धी सबै मन्त्रालय र विभाग सक्रिय रुपमा लाग्ने निर्णय गरेको बताउँदै प्रवक्ता गुरुङले सरकारले विपदमा ज्यान गुमाउनेहरूका परिवारलाई दिइने कानुन अनुसारको राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका छन् ।  


Author

थप समाचार
x