सरकार

'प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधारमा २५ अर्ब भन्दा बढीको क्षति'

इकागज |
असोज १४, २०८१ सोमबार १४:३३ बजे

फाइल फाेटाे

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्ब भन्दा बढिको क्षति भएको बताएका छन् । 

अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना गरेको सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्की पुल देखि सडक, झोलुङ्गे पुल बगाएको र ठूलो क्षति भएको बताएका हुन् ।


उनले क्षतिग्रस्त सडकहरूको मर्मत गरि यातायात सूचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको धारणा राखे । चाडवाडअघि नै अवरुद्ध भएका सबै सडक सञ्जाल सुचारु भइसक्ने जानकारी दिँदै मन्त्री दाहालले अन्य सडकखण्डहरू पनि मर्मत गरिने बताए । ​

उनले चाडवाडमा हवाई भाडा निकै महङ्गो देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकार लागिरहेको बताए । ​

यात्रुहरूलाई सहज रुपमा यात्रा गराउनका लागि प्रभावकारी रुपमा अनुगमन गरिने उनको भनाइ छ ।


Author

थप समाचार
x