सरकार

ठूलो विपद् आउँदा सरकारको केही कमीकमजोरी भयो- प्रधानमन्त्री

इकागज |
असोज १५, २०८१ मंगलबार १७:३४ बजे

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको बताएका छन् ।​

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपद भएकाले कमीकमजोरी भएको हुनसक्ने बताउँदै आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


उनले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरे । 

उनले भने- 'यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ 'प्रधानमन्त्री ओलीले भने,'कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन् ।

आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।'
 


Author

थप समाचार
x