सरकार

स्वीट्जरल्याण्ड उड्‌नुअघि भेटे राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई

इकागज |
असोज १८, २०८१ शुक्रबार १४:२ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । 

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका हुन् । 


अध्यक्ष दाहाल स्वीट्जरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x