सरकार

बाढी पहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

इकागज |
असोज १८, २०८१ शुक्रबार २१:३२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सरकारले बाढी पहिरो प्रभावित केही जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सिफारिशको आधारमा काभ्रे, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली जिल्लाका प्रभावित स्थानीय तहहरूलाई विपद् संकटग्रस्त घोषणा गरेको हो ।  

सरकारले बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षति पुर्‍याएको क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १६९ जना घाइते र १८ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । 



Author

थप समाचार
x