सरकार

राष्ट्रपति पौडेलले दसैँको दिन टीका लगाइदिने

इकागज |
असोज २३, २०८१ बुधबार ११:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको दिन टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार इच्छुक मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसद्‌का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरूलाई अपरान्ह ३ बजेदेखि ३:३० बजे सम्म टीका लगाइदिने कार्यक्रम रहेको छ ।


त्यस्तै इच्छुक सर्वसाधारणलाई दिउँसो ३:३० बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यलयका अनुसार मर्यादित पोशाकमा प्रवेशद्वारनम्बर १ बाट प्रवेश गर्न पनि आग्रह गरेको छ  ।


Author

थप समाचार
x