सरकार

पाकिस्तानका लागि नेपाली राजदूतमा रीता धिताल नियुक्त

इकागज |
असोज २३, २०८१ बुधबार २०:२५ बजे

काठमाडौं - पाकिस्तानका लागि नेपाली राजदूतमा परराष्ट्र सहसचिव रीता धिताल नियुक्त भएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई ईस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।


यही असोज १६ गते धिताललाई संसदीय समितिबाट सर्वसम्मत अनुमोदन गरेको थियो ।


Author

थप समाचार
x