सरकार

प्रधानमन्त्री ओली भने - सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्

इकागज |
असोज ३०, २०८१ बुधबार १९:८ बजे

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् भन्दै परिवर्तनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाइ रहेको बताएका हुन् ।


प्रधानमन्त्री ओलीले अब आफूले करिब एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने बताउँदै त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले भने- 'मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार । यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’ उनले देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे । 

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबल, सक्षम बनाउनेमा आफूहरूको ध्यान रहेको समेत बताएका छन् । उनले प्रहरीले शान्ति सुरक्षाका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै प्रहरीमा अहिलेपनि पर्याप्त सुविधा र पूर्वाधारमा कमी रहेको आफूलाई जानकारी रहेको बताए ।  


Author

थप समाचार
x