Ekagaj Logo
०१ कात्तिक २०८१, बिहीबार
(Thursday, 17 October, 2024)

सरकार

राष्ट्रपति पौडेल बडीमालिका दर्शनका लागि जाँदै

इकागज |
कात्तिक १, २०८१ बिहीबार ७:५२ बजे

फाइल तस्बिर

सुर्खेत- राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् ।

बुधबार अपराह्न सुर्खेत पुगेका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापतिसमेत रहेका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका थिए।


प्रदेश प्रमुख र मुख्यमन्त्रीसँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गरेका थिए । उनले आज बिहान बडीमालिका दर्शनका लागि जाने कार्यक्रम रहेको छ ।

बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत छन् ।

राष्ट्रपति पौडेल आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।


Author

थप समाचार
x