Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

सरकार

प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ- मन्त्री पाण्डे

इकागज |
कात्तिक ६, २०८१ मंगलबार १६:५५ बजे

काठमाडौँ– संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरूको काममा एकरुपता हुन जरुरी रहेको औंल्याएका छन् । 

मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।


मन्त्री पाण्डेले भने- 'बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नु पर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ । कतिपय प्रतिष्ठानहरू नाम मात्रैका छन् । कहीँ कानुनको अभाव त कहीँ भवनहरुको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरूलाई एक रुपता हुने गरी व्यवस्थित गर्न जरुरी छ ।' 

मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरूबीच तालमेल नभएको जिकिर गरे । उनले प्रतिष्ठानको कार्यमा एकरुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरूले चिन्ता र चासो लिनु पर्नेमा जोड दिए । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत उद्घोष गरे । 

ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०/०८१ मा सात वटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरुले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको,गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न,दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्र्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताए ।

साथै ललिकतला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।


Author

थप समाचार
x