सरकार

अर्थमन्त्री पौडेल वासिंटनमा

इकागज |
कात्तिक ७, २०८१ बुधबार ६:४१ बजे

वासिंटन- अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिंटन आइपुगेका छन् ।

उनलाई डुलेस अन्तर्राष्ट्रिय विमानस्थलमा वासिंटनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।


मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उनले अमेरिकी उद्यमी–व्यवसायीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ । रासस


Author

थप समाचार
x