विश्व जलवायु सम्मेलनमा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने - प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व जलवायु सम्मेलन (कोप–२९) मा हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्त रुपमा उठाइने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप सम्मेलनमा अझ प्रभावकारी रूपमा सशक्त रुपमा उठाउन तयारी भएको बताए ।
प्रधानमन्त्री ओलीले विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरू जोगाउनु र नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताए ।
मानवीय कमी कमजोरीका कारणले अथवा विकास, वातावरणको इको सिस्टमलाई नोक्सान नपारिकन गर्नुपर्ने विकास वातावरणतिर ध्यान नदिँदा विश्वभर नै जलवायु परिवर्तनको असर परिरहेको उनले बताए । प्रधानमन्त्री ओलीको हालै बाढीपहिरो जलवायु परिवर्तनको असर हो वा अन्य कारण हो भन्नेमा अध्ययन गर्नुपर्ने धारणा राखे ।
आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको वन मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया