सरकार

प्रचण्डलाई ओलीको जवाफ : हतियार नचलाए पनि कसरी बिसाउने जानेका छौँ (भिडियो)

इकागज |
कात्तिक ११, २०८१ आइतबार १३:५ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको बताएका छन्

आइतबार काठमाडौँमा गैह्रआवासीय नेपाल संघ (एनआरएन)द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै धम्की नदिन प्रचण्डलाई सुझाव समेत दिए ।


शनिबार काठमाडौँमा आयोजित खबरदारी सभामा प्रचण्डले हतियार मात्रै बिसाएको र चलाउन भने नबिर्सिएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको जवाफ दिँदै प्रधानमन्त्री ओलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए ।

त्यस्तै प्रधानमन्त्री ओलीले बितेका केहि बर्षहरूमा संघको छवि कमजोर हुँदै गएको भन्दै संघलाई गैह्रआवासीयहरूको साझा संस्था बनाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने जिकिर गरे ।

संघलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न उनले आग्रह गरे । उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न समेत सुझाव दिए ।

उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने धारणा राखे । प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे ।


Author

थप समाचार
x