उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ
फाइल फोटो
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आइसीसी यू–१९ महिला विश्वकपको एसिया छनोट खेलमा विजयी नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन् । आज बिहिबार बधाइ सन्देश दिँदै उनले खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाइ दिएका हुन् ।
युनाइटेड अरब इमिरेट्स (युएई) मा भइरहेको प्रतियोगितामा युएईलाई हराउँदै नेपाली महिला क्रिकेट टोलीले विजय हासिल गरी विश्वकप २०२५ मा छनोट भएको छ ।
उपराष्ट्रपतिले नेपाली खेलाडीले देखाएकोे दक्षता, धैर्यता, दृढ सङ्कल्प, समर्पण, लगनशीलता, अनुशासन र उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ । नेपाली खेलाडीले भविष्यमा पनि उत्कृष्ट प्रदर्शनमार्फत नेपाल र नेपालीको शीर उच्च राख्ने विश्वास व्यक्त गर्दै उनले आगामी प्रतियोगितामा सफलताको कामना गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया