राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
फाइल फोटो
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।
निर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका हुन् ।
उपनिर्वाचनमा सेना परिचालन गर्न प्रधानमन्त्रीको २०८१ मंसिर ६ को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
यही मंसिर १६ गते देशभर ४१ पदमा उपनिर्वाचन हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया