प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवलाई सिंहदरबार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीले सरकारका कामको त्रैमासिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले समीक्षा बैठक बोलाएका हुन् । बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई डाकिएको छ। चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरूको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया