कांग्रेस-एमालेले बीआरआई कार्यान्वयनमा साझा धारणा नबनाउँदै आज चीन जाँदै परराष्ट्रमन्त्री राणा
फाइल तस्बिर
काठमाडौँ- परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाने भएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन् ।
प्रधानमन्त्री ओली १७ मंशिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैछन् ।
मुख्यतयाः चिनियाँ सहयोग परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस-एमालेबीच विवाद कायमै रहेको बेला त्यसको पृष्ठभूमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन् । तर सत्तारूढ गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेले बीआरआईमा साझा धारणा बनाउन सकेका छैनन् ।
उनको चीन भ्रमण सोमबार बसेको मन्त्री परिषद् बैठकले स्वीकृत गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया