कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
फाइल तस्बिर
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई तोकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि चार दिने चीन भ्रमणमा रहेकाले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सिंहले दैनिक प्रशासनिक कार्य सम्हाल्ने छन् । प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने कार्यक्रम छ ।
गत असोजमा प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहँदा पनि प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया