आस्था अनुसारको धर्म,संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्नुपर्छः सिंह
फाइल फोटो
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सबैले आफ्नो आस्था अनुसारको धर्म,संस्कृति र परम्पराअनुसार अघि बढ्ने अवस्थाको जगेर्ना गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीसमेत रहनुभएका सिंहले मंगलबार रौतहटमा चलिरहेको पञ्चवर्षिय गढीमाई मेला महोत्सवमा सहभागी हुने क्रममा यस्तो बताएका हुन् ।
नेपाल बहुधार्मिक,बहुभाषिक र बहुजातीय राष्ट्र भएपनि समाजमा आपसी सद्भाव सुदृढ रहेको र त्यसमा पुर्खाहरूको ठूलो योगदान रहेको सिंहको भनाई थियो । आ- आफ्नो धर्मसंस्कृतिलाई संरक्षण र सम्वर्धन गर्न सबैले मिलेर अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिए ।
नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक छ । विगतमा हाम्रा पुर्खाहरूले मिलिजुली समाजमा राम्रो वातावरण बनाउनुभयो । आउने दिनहरूमा पनि हाम्रो पुर्खाहरूले देखाएको बाटालाई अनुसरण गर्नुपर्छ ,´ उनले भने,' आ-आफ्नो आस्थाअनुसार धर्मसँस्कृतिअनुसार पाठपूजा, जात्रा,महोत्सव गर्न सक्ने माहोललाई जोगाएर अघि बढ्न सक्नुपर्छ ।´उनले गढिमाई मेला महोत्सवको सफलताको शुभकामना पनि दिए ।
राजनीति स्थायित्व र स्थिरतामा वर्तमान सरकारले जोड दिएको भन्दै उनले बिग्रिएको अर्थतन्त्रको लय ठिक ठाउँमा ल्याउन सरकारले काम गरिरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया