ओलीविरुद्ध गृहजिल्लामै नाराबाजी

फाइल फाेटाे
काठमाडौँ - झापामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् ।
आइतबार झापाको मेचिनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेको हो । प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।
विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया