सरकार

प्रधानमन्त्री ओलीले भने-राष्ट्रिय एकता हाम्रो मूल मन्त्र

इकागज |
मंसिर २८, २०८१ शुक्रबार १८:४० बजे

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरूको मूल मन्त्र भएको बताएका छन् । 

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आज आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभिवृद्धिका लागि आदिवासी जनजाति महिला, राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्‍याउन संविधानको मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने मा जोड दिए ।


नेकपा (एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र खासगरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्त्व दिँदै आएको बताउँदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने संकल्प गरे ।

प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिलाई  आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गरेका छन् । 


Author

थप समाचार
x