अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे बाँकी काम छिटै सम्पन्न हुन्छः मन्त्री सिंह
बुटवल- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिहले ओैद्याेगिक व्यापार मेला,बुटवल २०८१काे अवलाेकन गरेका छन् । उद्योग वाणिज्य संघ,रूपन्देहीले आयाेजना गरेकाे मेलाकाे बुधबार उनले अवलाेकन गरेका हुन् ।
मेला अवलाेकनपछि संक्षिप्त सम्बाेधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले व्यापार मेलाले आर्थिक गतिविधि बढाउन मद्दत गर्ने भन्दै मेला सफलताकाे शुभकामना व्यक्त गरे । उनले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे बाँकी काम छिटै सम्पन्न गर्ने पनि बताए । ` नेपाल सरकारले विशेष संरचनाका रूपमा सञ्चालनका लागि गठनादेश मन्त्रिपरिषदबाट पारित भइसकेकाे छ । अब यसलाई चाँडै सम्पन्न गर्ने र सम्पन्न भइसकेका संरचनाकाे व्यवस्थित रूपमा सञ्चालनका लागि सरकार अघि बढिसकेकाे छ ,´ उनले भने ।
शहरी विकास मन्त्रालयअन्तर्गतकाे बुटवल अन्तरास्ट्रिय सम्मेलन केन्द्रमा जारी १६ दिनसम्म चल्ने मेलाकाे आज ८ ओै दिन हाे । सिंहसँगै मेलामा बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डे, रूपन्देही कांग्रेसका सभापति, तिलाेत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलगायतको सहभागी थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया