भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
फाइल फोटो
काठमाडौं– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्ने बताएका छन् ।
सहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा मङ्गलबारदेखि आयोजना गरिएको धनधान्याञ्चल श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव उद्घाटन गर्दै मन्त्री सिंहले धार्मिक प्रवचन श्रवण मात्र नभई त्यसलाई बुझेर ग्रहण गरी हाम्रो दैनिक जीवनमा कार्यान्वयन गर्न सकियो भने प्रभावकारी हुने बताएका हुन् ।
महायज्ञले समाजमा हुने विकृति र विसङ्गतिलाई हटाउन ठूलो योगदान पुर्याउने हुँदा हाम्रो जीवन पद्धतिलाई फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे।
रामपुर उपत्यका भविष्यमा नमूना र व्यवस्थित सहर बन्न सक्ने भएकाले योजनाबद्ध ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री सिंहले यसको लागि सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि मिलेर काम गर्न सुझाव दिए ।
साथै उनले विकास निर्माणको काममा जनप्रतिनिधिले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउदै क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राहरू धेरै रहेकाले एउटा छात्रावास र क्याम्पसको पूर्वाधार निर्माणका लागि गरिएको यस महायज्ञ सफलताको उहाँले शुभकामना दिएका छन्।
पूर्वी पाल्पाकै सबैभन्दा ठूलो शैक्षिक संस्थाको रूपमा रहेको यस क्याम्पसलाई यो क्षेत्रमा शिक्षा आर्जन गर्ने महत्त्वपूर्ण मेरूदण्डको रूपमा लिइन्छ । वि सं २०४६ को जनआन्दोलनमा सहिद हुनुभएका सूर्यप्रसाद घिमिरेको सम्झनामा यहाँ क्याम्पस स्थापना गरी सञ्चालन गरिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया