सरकार

मन्त्रिपरिषद् बैठकका २० निर्णयहरू यस्ता छन् (सूचीसहित)

इकागज |
पुस १७, २०८१ बुधबार १९:१६ बजे

फाइल फोटो

काठमाडौँ : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त रहेको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गरेको जानकारी उनले दिए।


उनले पाँचखाल विशेष आर्थिक क्षेत्रलाई सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक-निजी साझेदारी मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको बताए।

उनले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी पनि दिए। 

मन्त्री गुरुङले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौँमा सरूवा गर्ने निर्णय गरेको बताए। सरकारको नाममा रहेको बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं. ६ को १७२५ वर्गमिटर जग्गा बुढीगंगा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बुढीगंगा नगरपालिका बाजुरालाई उपयोग गर्न सरकारले स्वीकृति दिएको छ। 

जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं. १ को २७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका कैलालीलाई उपयोग गर्न पनि सरकारले स्वीकृति दिएको छ।

यी हुन् क्याबिनेटका निर्णय


Author

थप समाचार
x