स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव छ : भौतिकमन्त्री दाहाल
तनहुँ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव हुने बताएका छन् ।
बन्दीपुर गाउँपालिकाले बुधबार आयोजना गरेको बन्दीपुर भ्रमण वर्ष २०२५ को शुभारम्भ गर्दै मन्त्री दाहालले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए ।
स्थिर सरकार नहुँदा मुलुक विकासमा पछाडि परेको भन्दै उनले भने, ‘लामो समयसम्म सरकार टिक्न नसक्दा देशको विकास हुनसकेन । देशको विकास गर्न ठूला दल मिलेर सरकार बनाएका हौँ ।’
विकास, समृद्धि र स्थिरताका लागि वर्तमान सरकारले काम गरिरहेको बताउँदै उनले वर्तमान सरकार बनेपछि जनतामा आशा जागेको बताए ।
हालको आवश्यकता शिक्षा, स्वास्थ्यमा सबैको पहुँच वृद्धि, रोजगारीका अवसर सिर्जना, उत्पादनमा वृद्धि गर्नु रहेको र सरकार त्यो दिशामा रहेको उनले बताए । बन्दीपुर प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकाले यहाँको पर्यटनमार्फत आम्दानी गर्न उनले सुझाव थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया