यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
फाइल फाेटाे
काठमाडौं - सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने भएको छ ।
गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन् ।
उनका अनुसार चाँडै राष्ट्रपति पौडेलले ती अध्यादेश प्रमाणीकरण गरेपछि कानुन सरह लागू हुनेछन् ।
सरकारले निर्णय गरेका ५ अध्यादेश
१. सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनालाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
२. आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
३. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
४. निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
५. भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी सर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया