कडायत र केसी प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा
काठमाडौं - सरकारले दुई जनालाई प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा गरेको छ ।
गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन् ।
‘प्रहरी नायव महानिरीक्षकहरू कुवेर कडायत र रविन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने’ निर्णय भएको उनले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया