सरकार

सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी

इकागज |
पुस २९, २०८१ सोमबार १७:२६ बजे

फाइल फाेटाे

काठमाडौं - सरकारले दुई जना न्यायाधीशको जिम्मेवारी तोकेको छ ।

गत पुस २६ गते बसेको मन्त्री परिषदको बैठकले २ जना न्यायाधीशलाई नयाँ जिम्मेवारी तोकिएको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।


उनका अनुसार राजश्व न्यायाधिकरण काठमाडौंको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोकिएको छ भने विशेष अदालत काठमाडौंको सदस्य पदमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोकिएको उनले जानकारी दिए ।
 


Author

थप समाचार
x