सरकार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीद्वारा वसन्त श्रवण (फोटो फिचर)

इकागज |
माघ २१, २०८१ सोमबार १०:१६ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले वसन्त श्रवण गरेका छन् । सोमबार हनुमानढोकास्थित बसन्तपुर दरबारमा पुगेर वसन्त श्रवण गरेका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा वसन्त श्रवण गरेका हुन् ।


वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।

सोही  अवसरमा  सरकारका उच्च अधिकृतकासाथै सुरक्षाअङ्गको प्रमुखहरु सहभागी भए । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्ने गरिन्छ ।


Author

थप समाचार
x