सामाजिक सञ्जालसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ : मन्त्री गुरुङ

फाइल फाेटाे
काठमाडौं - सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक सदनबाट पारित हुने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा विधेयक हुबहु पारित हुन्छ कि संशोधन गरि अघि बढ्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले विधेयक सदनबाट पारित हुने बताएका हुन् । उनले विधेयकमा सन्दर्भमा कसले के भने भन्ने ठूलो कुरा नभएको भन्दै आफूले विधेयकमा के ल्याए भन्ने ठूलो कुरा रहेको उल्लेख गरे ।
सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरिसकेको छ । विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने भन्दै आलोचना भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया