वर्तमान सरकार कुनै हालतमा ढल्दैन - प्रधानमन्त्री ओली

फाइल फाेटाे
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकार कुनै हालतमा नढल्ने बताएका छन् ।
सोमबार लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको १७ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने भन्दै त्यसअघि वर्तमान सरकार कुनै हालतमा तलमाथि नहुने बताएका हुन् । १७ महिना तोप हाने पनि सरकार नढल्ने भन्दै उनले धेरै बल नगर्न सुझाव समेत दिए ।
प्रधानमन्त्री ओलीले मुलुकमा स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनु परेको दोहर्याए । उनले कतिपयले पार्टीले फुटाउँदै छन् भनेर गरिएको हल्ला कल्पना बाहिरको कुरा भएको धारणा राखे । पार्टी फुटाउने हल्ला अस्थिरता बढाउनेको भद्दा मजाक भएको उनले बताए । प्रधानमन्त्री ओलीले अहिलेको परिवर्तन र अधिकारलाई थप बलियो बनाउँदै संविधानलाई थप परिष्कृत गर्नका लागि संशोधन गर्न खोजिएको स्पष्ट पारे ।
त्यस्तै प्रधानमन्त्री ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुपर्नेमा जोड दिए ।
मुलुकमा लगानी भित्राउने र उद्योग स्थापनाका लागि सहजीकरण गर्न सरकारले अध्यादेश ल्याएको ल्याएको भन्दै उनले आम रूपमा अध्यादेशले उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले सूचना प्रविधिको अधिकतम उपयोगमार्फत विकास निर्माणलाई तीव्रता दिने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया