सरकार

भारतको उडिसामा नेपाली विद्यार्थी माथि भएको धरपकडमा प्रधानमन्त्रीको चासो

इकागज |
फागुन ५, २०८१ सोमबार १६:३१ बजे

फाइल फाेटाे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यमा नेपाली विद्यार्थी माथि भएको धरपकडमा चासो प्रकट गरेका छन् ।

उनले नेपाली विद्यार्थीलाई जबरजस्ती होस्टेलबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीले चासो प्रकट गर्दै समस्या समाधानका लागि कूटनीतिक पहल जारी राखिएको जनाएका छन् ।


‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’


Author

थप समाचार
x