सरकार

अमेरिकाले रोक्यो एमसीसीको भुक्तानीः अर्थ मन्त्रालय

इकागज |
फागुन ६, २०८१ मंगलबार १९:४१ बजे

फाइल फाेटाे

काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को भुक्तानी रोकिएको छ ।  

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले गत २०८१ फागुन २ गतेको इ–मेल पत्रमार्फत् अर्को निर्णय नहुन्जेल ९० दिनसम्मको भुक्तानी रोकिएको जानकारी अर्थ मन्त्रालयलाई दिएको छ ।


‘नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ’ अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।


Author

थप समाचार
x