सरकार

संविधान संशोधनका लागि राजनीतिक दलहरू बीच सहमति कायम हुन्छ - गृहमन्त्री लेखक

इकागज |
फागुन ८, २०८१ बिहीबार २०:४९ बजे

फाइल फाेटाे

काठमाडौं - गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि राजनीतिक दलहरू बीच सहमति कायम गर्ने बताएका छन् । 

बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबीच सहमति कायम गर्दै अघि बढ्ने बताएका हुन् । 


उनले केही दिनमा नै दुई दलको कार्यदल बनाइ संशोधनको काम सुरु गर्ने जानकारी दिए । गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थितिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको उल्लेख गरे । 

अहिलेको गठबन्धन मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको उदेश्य पुरा गर्नका लागि गठन भएको उनको भनाइ छ । 

उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी गरे । 


Author

थप समाचार
x