सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्छ -गृहमन्त्री लेखक

फाइल फाेटाे
काठमाडौं - गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेशनल प्याव्सनको ८औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री लेखकले प्राविधिक र प्रक्रियात कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाई भएको भन्दै समयभित्रै अध्यादेशलाई अघि बढाउने र सदनले स्वीकार गर्ने दाबी गरेका हुन् ।
उनले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको बताए । अहिलेको समीकरण केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको उनले बताए । उनले देशमा दिगो शान्ति, सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गरे । उनले शिक्षा विधेयकलाई समयमा नै पारित गरि शिक्षा क्षेत्रको कानुनी र नीतिगत सुधार गर्ने बताए ।
मन्त्री लेखकले संघीय संसदमा विधेयकलाई अघि बढाउन ढिलाई भएकाले निश्चित समयावधि भित्र विधायनका विषयलाई टुङ्गाउने गरि काम गर्ने धारणा राखे । उनले नीजि वा आवासीय विद्यालयका कारण सार्वजनिक वा सामुदायिक विद्यालयको गुणस्तर नघट्ने जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया