सरकार

भूकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक

इकागज |
फागुन २३, २०८१ शुक्रबार १७:५७ बजे

बझाङ- गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुन निर्माणको कार्य सुरु भएको बताएका छन् । बझाङमा जिल्ला भूकम्पीय पुन निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन ईकाइ कार्यालय उद्घाटनमा बोल्दै भूकम्पले प्रभावित भएको  जिल्लाहरुमा पुन निर्माणको लागि आवश्यक मापदण्ड नियमावली  सँगै आवश्यक बजेटको ब्यबस्था गरी निजी आवासलाई पुन निर्माणको जिल्लामै कार्यालय स्थापना गरी सो कार्यको थालनी भएको बताएका छन् ।

निजी आवासको पुननिर्माणको कार्यसँगै सरकारी भवनहरुको पुनःनिर्माणको लागि कार्यान्वयन ईकाईले नै समन्वय गर्नेछ । 


गृहमन्त्री लेखकले भने, 'निजि आवास पुन निर्माणको कार्य स्थानिय तहको महत्वपूर्ण भुमिका रहेको र लाभग्राहीलाई पहिचान तथा छनोट गरी सिफारिस गर्नुहुन्छ त्यति चाँडो नै पुन निर्माणको कार्य सुरु हुन्छ ।'

उनले भने- 'भुकम्प जस्ता बिपद्हरुबाट प्रभावितहरुको पुनःस्थापना सरकारको प्राथमिकता रहेको छ । विकासका कुरामा सत्ता पक्ष मात्रै नभएर सबै मिलेर अगाडि बढेर काम सम्पन्न गर्नु पर्छ ।'


Author

थप समाचार
x